नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडाैंमा

Thankot Times

थानकोट ।

नेकपा (एमाले) को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ  ।

काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताए ।  एक हजार दुई सय प्रतिनिधि हुने अधिवेशनले दुई सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *