चन्द्रागिरि क्रश कन्ट्री दाैड जितेका गजेन्द्र राई बने एक वर्षका लागि लिगलिग कोटका ‘राजा’
थानकोट ।
लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन्।
लिगलिग कोट विकास अभियानको आयोजनामा बुधवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।
११ औँ संस्करणको उक्त ५६ मिनेट ५३ सेकेन्डमा निर्धारण दूरी पार गर्दै नेपाली सेनाका नरेन्द्रसिंह रावत दोस्रोभए । यसै गरी भारतीय सेनामा कार्यरत अनीश थापामगर ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । चौथो स्थान हासिल गरेका मोहनदेव जोशीले ५८ मिनेट ५४ सकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।
पहिलो हुने विजेतालाई २०८० को सद्भावना ‘लिगलिगे वाङ’ (राजा) घोषणा गरिनेछ । उनले १ लाख पुरस्कार प्राप्त गरेका छन् । दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचाैँलाई १० हजार नगद पुरस्कार वितरण गरिने आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले बताए ।
नेपालको उद्गम थलो लिगलिग कोट दौडिएर राजा हुने परम्परालाई जर्गेना गर्ने उद्देश्यले बर्सेनि दौड आयोजना हुँदै आइरहेको छ । चेपे मर्स्याङ्दी नदीको दोभान चेपेघाटदेखि लिगलिगकोको मूलगढीसम्म हुने दौडमा स्थानीय र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिता भएको थियो ।
हलेसीका गजेन्द्र राईले गत महिना सम्पन्न चन्द्रागिरि क्रश कन्ट्री दाैड प्रतियोगिताको पनि उपाधि जितेका थिए ।
चन्द्रागिरि क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईलाई, चर्चामा ११ वर्षीया जुई राई












