नागढुंगा सुरुङ मार्गनजिकै जमिन भासिएपछि चन्द्रागिरि नगरमा सर्वपक्षीय बैठक, केके भयो निर्णय ?

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरुङमार्गको पूर्वी द्वार नजिकै जमिन भासिएको विषयमा चन्द्रागिरि नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेको छ ।

बिहीबार नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा बसेको सो बैठकमा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा स्थानीयहरूले भोग्दै आएको सास्तीका विषयमा मुख्य रूपमा चर्चा भएको बताइएको छ ।

नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासियो, स्थानीय त्रासमा (फोटो फिचर)

सो क्रममा नगर उप-पमुख बसन्ती श्रेष्ठ लगायत नगरका विभिन्न वडाका वडाध्यक्षहरू तथा कर्मचारीहरू, विभिन्न सुरक्षा निकायका यूनिट प्रमुखहरू, विभिन्न राजनीनितक दलका स्थानीय प्रतिनिधिहरू, नागढुङ्गा सुरुङमार्ग आयोजना क्षेत्रका स्थानीय प्रतिनिधि तथा नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । 

सो क्रममा बैठकले तत्काल नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गर्न मासिक २०-२५ हजार रूपैयाँसम्म घर भाडा व्यवस्था गर्न तथा थप घर प्रभावित भएमा सोहि अनुसार घर भाडा उपलब्ध गराउने गरि जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । 

बैठक नगर प्रमुख गिरीले तत्काल ११ घर परिवारको विवरण संकलन भएकोमा ती घरका बासिन्दालाई तत्काल स्थानान्तरण गरिने कुरा जानकारी गराउँदै थप प्रभावित भएमा सोही अनुसार व्यवस्थापन गरिने जानकारी गराएको नगरप्रमुखको सचिवालयले जनाएको छ। 

नागढुंगा सुरुङ आयोजनाले ३ महिनाभित्र सो क्षेत्रमा विस्तृत भौगर्भिक सर्वेक्षण प्रतिवेदन पेश गरेपछि प्रभावित क्षेत्र घोषणा लगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने बताइएको छ। 

गत असोज १९ गते नागढुङ्गा सुरुङमार्गको पूर्वी द्वार नजिकै जमिन भासिएपछि स्थानीयहरू त्रासमा छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *