१० वर्षपछि टी-२० विश्वकपमा फर्कियाे नेपाल
थानकोट ।
ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।
आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।
१३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
नेपाल १० वर्षपछि २० ओभरको क्रिकेट विश्वकपका लागि छनाेट भएकाे हाे ।












