भूकम्पपछिको जाजरकोट (तस्बिर)

Thankot Times

थानकोट ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।

६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ ।

जाजरकोटमा मात्रै ९२ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई जानकारी दिनुभयो ।

धेरै घाइते भएका र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *