क्यानले टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्प पीडितलाई दिने

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

क्रिकेट संघले शनिबार सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत पीडितलाई दिने जनाएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल र ओमान भिड्दै छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *