यस्तो छ नैकाप गोल्डकप २०८० को सेमीफाइनल समीकरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा जारी छैठाैं नैकाप गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल खेल पर्सी बुधबार हुँदैछ । 

प्रतियोगिताको पहिलो सेमीफाइनलमा बुधबार दिउँसो १ बजे साबिक उपविजेता ब्लुबेल फुटबल क्लब र महादेव यूथ क्लबबीच खेल हुनेछ । 

नागार्जुन नगरपालिका-०७ को महादेव यूथले क्वाटरफाइनल चरणमा गोल्डस्टार यूथ क्लब,नैकापलाई पेनाल्टी शुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको थियो भने ब्लुबेलले अन्तिम ८ को खेलमा कुर्दन फुटबल एकेडेमी विरूद्ध १-० को साँघुरो जित हात पारेको थियो । 
यसैगरी दोश्रो सेमीफाइनलमा बुधबार नै दिउँसो ३ बजे हामी दाजुभाई र मध्यपुर जागरुक यूथ क्लब बीच खेल हुनेछ ।
अन्तिम ८ को खेलमा हामी दाजुभाईले न्यु चन्द्रसुर्य यूथ क्लब, नैकापविरूद्ध ४-० को एकपक्षीय जित हात पारेको थियो भने मध्यपुर जागरुक यूथ क्लब वाणस्थली यूथ सोसाइटीविरूद्ध २-१ गोल अन्तरको जितसहित प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको थियो ।
पाँच लाख रूपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधी छिनोफानो भने कार्तिक २५ गतेका दिन हुने तालिका रहेको छ । सेमीफाइनलमा पराजित दुवै टोलीले समान ५०-५० हजार रूपैयाँ सान्त्वना पुरस्कार पाउँदा प्रतियोगितामा दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ