राउटे महामुखिया महिनबहादुर शाहीको निधन

Thankot Times

थानकोट ।

राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको ६९ वर्षको उमेरमा आज आइतवार निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका–३ रतुवाखोलामा उहाँको निधन भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर केसीले जानकारी दिनुभयो ।

कोइराला गाउँबाट रतुवाखोलामा बसाइँ सरेको पाँचौँ दिन आइतवार महामुखियाकाे निधन भएपछि मुखिया सूर्यनारायण शाहीको टोली बस्ती सार्ने नयाँ ठाउँको प्रबन्ध गरी राउटे समुदायका सबैजसो मृतक महिनबहादुरको शव गाड्ने काममा जुटेका केसीले बताउनुभयो ।

स्वास्थ्य अवस्था कमजोर भएपछि २०६३ सालदेखि मुखियाको जिम्मेवारी ऐनबहादुर शाहीलाई सुम्पेदेखि महिनबहादुर शाहीलाई सम्मानका लागि ‘महामुखिया’ भन्ने गरिएको थियो । २०७१ सालमा ऐनबहादुर शाही डुङ्गेश्वरमा भिरबाट खसेर ज्यान गएपछि अहिले सूर्यनारायण शाहीले मुखियाको जिम्मेवारीमा हुनुहुन्छ ।

उज्यालोबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ