नेपाल सम्वत् ११४४ को अवसरमा चन्द्रागिरिमा मोटरसाइकल र्याली हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-६ बालागाउँस्थित मातातीर्थ फुटबल मैदानबाट नेपाल सम्वत् ११४४ को अवसरमा चन्द्रागिरिमा मोटरसाइकल र्याली निस्कने भएको छ ।
कार्तिक २८ गते मंगलबार बिहान ८ बजे ईटाख्यः बालागाँ र नगाँःचा नेवा पुच वडा नं. ६ र ७ को आयोजनामा सो मोटरसाइकल र्याली निस्कने बताइएको छ ।
सो र्यालीले चन्द्रागिरि नगरपालिकाका सबै १५ वटै वडा घुमेर कार्यक्रमस्थल मातातीर्थमा पुगी समापन हुनेछ ।











