आज नैकापमा खुला सभा गर्दै रास्वपा, सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैं क्षेत्र नं. ९ मा आज खुला सभा आयोजना गर्दैछ ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा आयोजना हुने सो सभा दिउँसो २ बजे सुरु हुने बताइएको छ ।

सभालाई सो पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, विभिन्न केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभाका लागि सबै तयारी पूरा भएको रास्वपा केन्द्रीय गुनासो व्यवस्थापन विभाग उपप्रमुख टेकबहादुर पोखरेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *