रास्वपा काठमाडौं क्षेत्र नं १० काे सभापतिमा रामराजा थापा

Thankot Times

थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाे काठमाडौं क्षेत्र नं. १० को सभापतिमा चन्द्रागिरि नगरपालिका-८ मातातीर्थका रामराजा थापा चयन भएका छन् ।

साेमबार बसेकाे रास्वपा काठमाडौं क्षेत्र नं. १० काे बैठकले थापालाई क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिएको बताइएको छ ।
यसैगरी बैठकले उपसभापतिमा विष्णु थापालाई चयन गरेको छ भने केशव महर्जनले सचिवको जिम्मेवारी पाएका छन् ।
अनिता महर्जन र सबिना महर्जनले सदस्यकाे जिम्मेवारी पाएकाे रास्वपा काठमाडौं जिल्ला संयाेजक प्रदिप विष्टले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *