नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज
थानकोट ।
नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज शनिबार काठमाडौंमा हुँदैछ ।
सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे उद्घाटन गर्नेछन् ।
सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने बताइएको छ ।
कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।














