पोखरामा आफुमाथि खोया प्रहार भएको विषयमा के भन्छन् रास्वपा सभापति रवि लामिछाने ?
थानकोट ।
पोखरास्थित अमरसिंह चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्नेक्रममा सो पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले उनीमाथि प्रहार गरेका हुन् । रानाभाटलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कास्की प्रहरीका एसपी मोहन थापाले बताए ।
रानभाटले आफ्नो हातबाट मकैको खोया फुत्केको र स्टेजतिर पुगेको बताएका छन् । तर, स्टेज र उनलाई नियन्त्रणमा लिइएको दूरी करिब २० फिट टाढा रहेकाले शंकास्पद देखिएको एसपी थापाले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेको छ । उनलाई कुनै मुद्दा चलाउने वा सम्झाइबुझाइ गरेर छोड्ने प्रहरीले निर्णय गरिसकेको छैन् ।
खोया स्टेजमा पुगेपछि रविले त्यसलाई टिपेका थिए । रास्वपाका एक नेताकाअनुसार त्यो खोया सहभागीलाई देखाउँदै सानातिना प्रहार हुँदै आएको र डस्ट्बिनमा जानुपर्ने चिज स्टेजमा आएको प्रतिक्रिया जनाएका थिए ।














