राष्ट्रियसभा चुनाव लागि एमालेले छान्यो १९ जना उम्मेदवार, बागमती प्रदेशबाट को-को परे सूचीमा ?
थानकोट ।
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि सबै १९ सिटमा उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीका महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेले बागमती प्रदेशबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक/अपंगता कोटामा काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका धुर्वराज विश्वकर्मा उम्मेदवार बनाउने भएको छ ।














