प्रधानमन्त्री दाहाल माघमा युगाण्डा जाने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डा जाने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सिंहदरबारमा सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् । 

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९औँ सम्मेलनमा भाग लिनेछन् । 

सो अघि माघ ३-४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र १-२ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *