प्रधानमन्त्री प्रचण्डलाई मेयर बालेनको व्यङ्ग्य: एउटा मन कति पल्ट जित्नु हुन्छ ?

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक  स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको जिकिर गरेका छन्  राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग भएको शाहले बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भएको उनले बताएका छन् ।  उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’

छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेको उनले भनाई छ । ‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर,’ उनले भनेका छन् ।

उनले थप भनेका छन्, ‘अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ । वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *