‘समुदायमा कांग्रेस’ अभियानलाई खटाइयो केन्द्रीय प्रतिनिधि, काठमाडाैंमा बानियाँ र भट्टराई

Thankot Times

थानकोट । 

सत्तारूढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।

पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको हो ।

माघ १३ गतेबाट २६ गतेसम्म कांग्रेसको पहिलो चरणको अभियान सञ्चालन हुँदैछ ।

अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ । माघ १६ गते सहिद दिवसको अवसरमा अभियान उद्घाटन हुनेछ भने २६ गते सुशील कोइराला स्मृति दिवसमा समापन हुने महामन्त्री गगनकुमार थापाले जानकारी दिए । 

प्राप्त विवरणअनुसार आठ जिल्लामा हालसम्म प्रतिनिधि चयन भइसकेका छैनन् । 

काठमाडाैंमा कृष्ण सबुज बानियाँ र गोविन्द भट्टराई ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि चयन भएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *