राष्ट्रिय सभा निर्वाचतः बागमतीमा सत्ता गठबन्धनका चार उम्मेदवार निर्वाचित

Thankot Times

थानकोट ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । 

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका थिए ।

महिलातर्फ एमालेकी रोचकुमारी चौलागाईंले दुईहजार ५५२ मतभार, दलिततर्फ ध्रुवराज बिकले तीनहजार ५२ , अपांगतर्फ त्रिलोचन निर्मल पौडेलले दुई हजार ७३४ मत, अन्यतर्फ विवेक देवकोटाले दुई हजार ३५९मतभार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *