चन्द्रागिरि-५ दुरसञ्चारबाट लागूऔषधसहित समातिए किसिपिडी बस्ने २४ वर्षीय युवा

थानकोट ।

चन्द्रागिरि नगरपालिका-५ दुरसंचारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार नगरपालिका-५ किसिपिडी बस्ने बारा महागढीमाई नगरपालिका-४ घर भएका २४ वर्षीय दिलिप कुमार साह मंगलबार बेलुकी पक्राउ परेका हुन् । 

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साह पक्राउ परेका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *