गुर्जुधारास्थित यातायात कार्यालयबाट समातिए एक युवा, कारण थाहा पाउँदा पर्नुहुनेछ चकित !

Thankot Times
थानकोट ।
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालयबाट एक जना युवालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा लिखित कसूर गर्दागर्दैको अवस्थामा २५ वर्षीय युवालाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार बारा देवताल गाउँपालिका वडा नं. २

घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ बस्ने सोयाऐल मियाँ अन्सारीले मोटरसाइकलको दर्ता किताब नवीकरणका लागि किर्ते दस्तखत गरेको फेला परेपछि तत्कालै प्रहरीले नियन्त्रणमा लिइएको हो ।

डिएसपी अधिकारीका अनुसार यातायात कार्यालयमा बा. ३९
 प २८०४ नं. को मोटरसाईकलको सवारी दर्ता किताब (ब्ल्यू बुक) नवीकरण तथा कर भुक्तानी गर्न भनि आएका अन्सारीलाई शंका लागि चेकजाँच गर्दा उनले किर्ते हस्ताक्षर गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
मियाँलाई प्रहरी वृत्त थानकोटको नियन्त्रणमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ । मियाँ फागुन १८ गते शुक्रबार पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *