आज सतुगंलमा चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुगंलमा आज चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदैछ । सतुगंलस्थित जेसिस स्कुलमा आयोजना हुने सो कार्यक्रम बिहान १०ः३० बजेबाट सुरु हुने विद्यालयले जनाएको छ।

प्रदर्शनीमा चन्द्रागिरि नगरपालिका क्षेत्रका डेढ सय वर्षअघि कोरिएका चित्र तथा करिब १ शताब्दीअघि खिचिएका तस्बिरहरू समेत प्रदर्शनीमा राखिने बताइएको छ।

प्रदर्शनीमा करिब १५० वटा तस्बिरहरू समावेश गरिने विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिनुभयो ।

फोटो म्युजियम नेपाल, नेपाल फोटो फाउण्डेशन लगायतको संस्थासँगको सहकार्यमा एक दिने प्रदर्शनी कार्यक्रम आयोजना हुन लागेको बताइएको छ।

प्रदर्शनीमा विशेष गरि चन्द्रागिरि नगरपालिका क्षेत्रका सांस्कृतिक, सामाजिक, वातावरणीय पक्ष तथा विकास निर्माण गतिविधिहरू  तुलनात्मक रुपमा प्रस्तुत हुने आयोजकको भनाइ छ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *