चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका थानकोटका सन्देश बलामी सकुशल भेटिए

Thankot Times

थानकोट । 

यही चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका चन्द्रागिरि नगरपालिका-०४ थानकोट टेकानपुरका एक किशोर परिवारको सम्पर्कमा आएका छन् ।

प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय १९ वर्षीय सन्देश बलामी स्कुटरसहित चैत्र २ गते शुक्रबारदेखि सम्पर्कविहिन भएका थिए । 

थानकोटका १९ वर्षीय सन्देश बलामी स्कुटरसहित तीनदेखि सम्पर्कविहिन, मोबाइल स्वीच अफ

बलामीले चढ्दै आएको स्कुटर मंगलबार नेपाल भारत सीमाबाट वीरगञ्जमा भेटिएकाे थियाे । 

पारिवारिक स्रोतका अनुसार उनी आज थानकोट टेकानपुरस्थित घर आइपुग्नेछन् । उनको खाेजीका लागि परिवारका सदस्य तथा आफन्तहरु भारतसम्म पुगेका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  

उनी के कति कारण भारत पुगेका थिए साे भने खुल्न बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *