थानकोटका १९ वर्षीय सन्देश बलामी स्कुटरसहित तीनदेखि सम्पर्कविहिन, मोबाइल स्वीच अफ

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०४ थानकोट टेकानपुरका एक किशोर तीन दिनदेखी सम्पर्कविहिन भएका छन् ।

चैत्र २ गतेदेखि सम्पर्कविहिन रहेका थानकोटका सन्देश बलामी सकुशल भेटिए

प्रहरी वृत्त थानकोटका अनुसार स्थानीय १९ वर्षीय सन्देश बलामी स्कुटरसहित चैत्र २ गते शुक्रबारदेखि सम्पर्क विहिन भएका हुन् । 

प्रहरीले दिएको जानकारी अनुसार बा.प्र. ०२-०३१ प. ८९९७ नम्बरको स्कुटरसहित बलामी सम्पर्कविहिन भएका हुन् ।

परिवारका सदस्यहरूका अनुसार बलामीले बोक्ने मोबाइल समेत शुक्रबारदेखि नै ‘अफ’ भएको छ ।

बलामीको खोजी कार्य जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । 

सन्देश बलामी कतै देख्नुभएमा नजिकैको प्रहरी कार्यालय वा यी मोबाइल नम्बरहरूमा सम्पर्क गरिदिन परिवारका सदस्यहरूले सबैमा अनुरोध गरेका छन् ।

 ९८१३०५३५१३ , ९८०८०८००१९, ९८४१८१४२८४


Leave a Reply

Your email address will not be published. Required fields are marked *