घर-घरमा नम्बर प्लेट टाँस्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाले १५ वटै वडामा रहेका घर तथा सडक/गल्लीहरूमा डिजिटल नम्बर प्लेट राख्नका लागि सार्वजनिक टेण्डर नै आह्वान गरेको छ ।

चैत्र ६ गते सार्वजनिक सूचना जारी गर्दै नगरले ती नम्बर प्लेट छपाइ तथा टाँस गर्ने कार्यका लागि टेण्डर आह्वान गरेको बताइएको छ ।

चन्द्रागिरि नगरमा हाल करिब ४० हजारको संख्यामा घर तथा भाैतिक संरचना रहेको बताइन्छ । नगरले गत वर्ष नगरक्षेत्रका घर तथा भाैतिक संरचनाहरूमा डिजिटल नम्बर प्लेट राख्न अध्ययन सम्पन्न गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *