आजबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरि नगरका ५६ विद्यालयबाट २ हजार परीक्षार्थी

Thankot Times

थानकोट । 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजबाट सुरु हुँदैछ । 

बिहान ८ बजेबाट सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने तालिका रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा देशभरका सामुदायिक र निजी विद्यालयका गरी पाँच लाखभन्दा बढी विद्यार्थीहरू सहभागी हुनेछन्।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष कुल पाँच लाख ४,४१४ विद्यार्थी परीक्षामा सहभागी हुने छन्। सामुदायिक र सरकारी गरी देशभरिका कुल १०,८०६ विद्यालयका विद्यार्थीहरूले जाँच दिने छन्।

बोर्डले परीक्षाका लागि नेपालभरि कुल २,०६४ वटा केन्द्र तोकेको छ।

परीक्षामा सहभागी हुने विद्यार्थीमध्ये केही प्राविधिक शिक्षातर्फका पनि छन्। शर्माले दिएको जानकारीअनुसार प्राविधिकतर्फ ५०६ विद्यालयका झन्डै १६,००० विद्यार्थी छन्।

बोर्डले केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी समेत उक्त परीक्षाका लागि झन्डै ७७ हजार जना जति जनशक्ति परिचालन हुने जनाएको छ।

परीक्षा चैत २७ गते सकिनेछ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने नियम बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *