बलम्बुमा ६७औं राष्ट्रिय सहकारी दिवस समारोह आयोजना गरिने

Thankot Times

थानकोट ।
हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यसपटक पनि विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाउन सहकारीसँग सम्बद्ध संघसंस्थाहरूले तयारी सुरू गरेका छन् ।

चन्द्रागिरि नगरपालिकामा आगामी चैत्र २० मंगलबार गते मनाइने ६७औं सहकारी दिवसका लागि  चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिको अभिभाकत्वमा सहकारी दिवस समारोह समिति गठन भएको बताइएको छ । 

सो समितिका अनुसार चैत्र २० गते चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुस्थित लाछीमा आयोजना हुने मूल समारोहका लागि नगरमा क्रियाशील सहकारीहरूका प्रतिनिधिहरू बिहान ७ बजे गुर्जुधारा चोकमा भेला हुनुपर्नेछ ।

गुर्जुधारामा जम्मा भएको सहकारीकर्मीहरूको सो टोली तत्पश्चात बाजागाजा, झाँकी तथा र्यालीसहित बलम्बुस्थित लाक्षी टोलमा पुगी शुभकामना सभामा परिणत हुने चन्द्रागिरि नगर सहकारी समन्वय समिति जनाएको छ ।

सूचना हेराैंः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *