काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा

Thankot Times

थानकोट ।

काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ ।

आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो । 

आईक्युएयरका अनुसार नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ । 

केही दिनयता काठमाडौं उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ ।

यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले नेपालकै पहाडी जिल्लाहरुमा वन डढेलो लागिरहेको अवस्था छ ।

उनले उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेको बताउँदै आकाशबाट पानी नपरिकन यो तुवाँलो नहट्ने उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *