रड बोकेको ट्रक दुर्घटना हुँदा दहचोकका २७ वर्षीय युवा घाइते

Thankot Times

थानकोट । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकमा ट्रक पल्टिंदा चालक र सहचालक घाइते भएका छन् ।

मंगलबार बिहान साढे ९ बजेको समयमा बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख. ७६७९ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १० मिटर तल पल्टिएको थियो ।

दुर्घटनामा चालक नवलपुर मध्यबिन्दु नगरपालिका-११ का ५० वर्षका रुद्र विक र सहचालक काठमाण्डौ चन्द्रागिरि-१ थानकोट बस्ने वर्ष २७ का अजय सुवेदी घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *