अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताः धनबहादुर स्मृतिका ३ खेलाडीलाई २ स्वर्णसहित चार पदक

Thankot Times

थानकोट। 

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८०मा चन्द्रागिरि नगरस्थित धनबहादुर स्मृति खेलकुद प्रतिष्ठानका खेलाडीले २ स्वर्णसहित चार पदक हात पारेका छन् । 

चितवनस्थित भरतपुर औद्याेगिक क्षेत्रको हलमा जारी प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँस्थित धनबहादुर स्मृति खेलकुद प्रतिष्ठानका प्रशिक्षार्थीहरू अन्जली महर्जन र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन् ।

उनीहरू दुवै ५० केजी ताैल समुहमा प्रतिस्पर्धामा उत्रिएका थिए । 

यसैगरी एलिना थिङले महिला एकल कातामा रजत जित्दा ६१ केजी ताैल समुहमा कास्य जितिन् । 

प्रतियोगिता चैत्र ३० गते समापन हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *