विपद व्यवस्थापन एवं रोकथाम नियन्त्रण तथा पूर्व तयारीका लागि दहचोकमा १ दिने तालिम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित सिर्जनाचोकमा विपद व्यवस्थापन, रोकथाम नियन्त्रण र पूर्व तयारी सम्बन्धी तालिम सम्पन्न भएको छ ।

प्रहरी प्रभाग बलम्बुसँगको समन्वयमा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन कार्यालय सामाखुसी काठमाण्डौको संयुक्त आयोजनामा चैत्र ३० गते  सिर्जनाचोकमा १ दिने तालिम कार्यक्रम आयोजना गरिएको हो ।

सो क्रममा विपद् जोखिम सम्बन्धी नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र जस्ता विषयमा प्रहरी कर्मचारी तथा स्थानीयहरुलाई समेत सहभागी गराई जानकारी गराइएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *