संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरुबाट चन्द्रागिरि नगरले आवेदन माग्यो

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा  नगरभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ ।

नगरको शिक्षा शाखाले बिहीबार एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको बैशाख ४ गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८१ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृत्तिका लागि निवेदन आह्वान गरेको हो ।

नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि-२०७९ को परिच्छेद-४ दफा ७ को उपदफा ३ को ३ बमोजीम नगरपालिकाको छात्रवृत्ति बैंकका लागि निवेदन आह्वान गरेको हो ।

छात्रवृत्तिका लागि निवेदन दिन चाहने विद्यार्थीले चन्द्रागिरि नगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७९ को दफा ८ को उपदफा ६ बमोजिम आवश्यक कागजात साथ सम्बन्धित विद्यालयमा वैशाख २१ गतेसम्म बुझाउन अनुरोध गरेको छ ।  

इच्छुक विद्यार्थीहरूले विभिन्न सात प्रकारका कागजातहरू आवेदनका साथमा संलग्न गर्नुपर्ने जनाइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *