त्रिभुवन पार्कको भित्तामा ‘थानकोटे’ संस्कृति देखाउने प्रयास (भिडियो)

Thankot Times

थानकोट ।

थानकोटस्थित त्रिभुवन पार्क (शहीद स्मारक प्रकृति प्रतिष्ठान) मा थानकोट क्षेत्रका परम्परागत सांस्कृतिक जात्रा तथा संस्कृति चिनाउने उद्देश्यले विभिन्न उत्सवका तस्बिरहरू सजाइएको छ ।

चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट कार्यालय र चन्द्रागिरि हाइकर्स कम्युनिटीको अग्रसरतामा शनिबार थानकोट क्षेत्रका विभिन्न जात्राका १२ वटा तस्बिरहरू पार्कको पर्खालमा टांगिएको हो ।

अन्य तस्बिर क्रमश थप गरिँदै जाने चन्द्रागिरि हाइकर्स कम्युनिटीले जनाएको छ ।

थानकोट क्षेत्रका सांस्कृतिक उत्सवहरूको बारेमा प्रचार गर्न आवश्यक त पक्कै छैन् किनकी थानकोट ऐतिहासिक नेवाः सभ्यता विकास भएको समाज भएको जग जाहेरै छ तथापी पार्क घुम्न आउनुहुने आगन्तुकहरूको जानकारीका लागि यहाँका तस्बिरहरू राखिएको हो चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले भन्नुभयो ।

चन्द्रागिरि नगरले नगरका अन्य क्षेत्रहरूमा सम्बन्धित क्षेत्रको सांस्कृतिक चिनारी झल्कने तस्बिरहरू राखिने नगरप्रवक्ता खड्गीको भनाइ थियो ।

त्रिभुवन पार्कको मुख्य प्रवेशद्वारका भित्तामा थानकोट महालक्ष्मी जात्रा (सिन्दुर जात्रा), टाउको लुकाउने जात्रा, गाइजात्रा, गणेश जात्रा, खड्ग जात्रा, थानकोट लाखें लगायतका आकर्षक तस्बिर राखिएका छन् ।

सबै तस्बिर सुप्रसिद्ध फोटोग्राफर प्रकाश गोपालीले कैद गर्नुभएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *