चन्द्रागिरि नगरले यी ५० वटा कृषि फार्मलाई दिँदैछ ६० हजारदेखि २ लाख ५० हजार रूपैयाँसम्म अनुदान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार मलखाद व्यवस्थापन तथा खोर गोठ मर्मत कार्यक्रमका लागि नगर क्षेत्रका ५० वटा कृषि फार्मलाई नगद अनुदान दिने भएको छ ।

सोमबार नगरपालिले सो अनुदान प्राप्त गर्न योग्य भएका कृषकहरू छनाैट गरी सूची सार्वजनिक गरेको छ । चन्द्रागिरि नगरले पशुपालक कृषकहरूका उपलब्ध गराइने अनुदानको सूची सार्वजनिक गरेको हो ।

जसअनुसार मलखाद व्यवस्थापनका लागि ५, कुखुराको खोर/गोठ मर्मत कार्यक्रमका लागि ८, बाख्राको खोर/गोठ मर्मत कार्यक्रमका लागि ७ वटा र गाइ भैंसीको गोठ मर्मतका लागि २० वटा फार्म छटनैट भएका छन् ।

छनोटमा परेका फार्महरूले न्यूनतम ६० हजार रूपैयाँदेखी अधिकतम २ लाख ५० हजार रूपैयाँसम्म अनुदान प्राप्त गर्ने नगरका पशु सेवा शाखा प्रमुख बद्रीनाथ पाैडेलले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *