चन्द्रागिरिमा बैशाख २२ गते २ हजार २ सय जनाले २२ किलोमिटर सम्पदा पदयात्रा गर्ने

Thankot Times

थानकोट ।

यही बैशाख २२ गते शनिबार चन्द्रागिरि नगरपालिकामा २२ किलोमिटर दुरीको सम्पदा पदयात्रा-२०८१ आयोजना हुँदैछ ।

चन्द्रागिरि हाइकर्स कमिटीको आयोजनामा हुन लागेको सम्पदा पदयात्रा चन्द्रागिरि नगरका अधिकांश वडा क्षेत्रमा भएका सम्पदाहरूमा केन्द्रीत हुने बताइएको छ । 

चन्द्रागिरि नगरपालिकाको प्राङ्गणबाट बिहान ५ः३० बजे सुरु हुने बैशाख २२ गते २२ किलोमिटर २२ सय पैदलयात्री नारा दिइएको पदयात्रा कार्यक्रम बलम्बु-वाणास्थली त्रिवेणीघाट- दहचोक राधाकृष्ण मन्दिर-वाणभञ्जज्याङ चण्डीकादेवी-लगलगे पाखा बुद्धपार्क-चुनदेवी मन्दिर-आदीनारायण मन्दिर-टेकानपुर-त्रिभुवनपार्क-चन्दनभराटेश्वर महादेव मन्दिर-मातातिर्थ बालागाउँ-किसिपिडी कालिका भैरव मन्दिर- सतुगंल विष्णुदेवी मन्दिर- बोसिगाउँ बुद्ध मन्दिर-मत्स्यनारायण-विष्णुदेवी मन्दिर-नैकाप बालकुमारी मन्दिर हुँदै नैकाप फुटबल मैदानमा पुगी समापन हुने चन्द्रागिरि हाइकर्स कमिटीका अध्यक्ष प्रशन्नमान गोपालीले जानकारी दिनुभयो । 

चन्द्रागिर नगर क्षेत्रभित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको पर्वद्धन गर्न बैशाख २२ नगरपालिका सबै वडामा रहेका सांस्कृतिक एंवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने गरी सम्पदा पदयात्रा आयोजना गर्न लागिएको सिएचसीले जनाएको छ ।

कार्यक्रममा सहभागिताका लागि ९९ रूपैयाँ टिकट शुल्क तोकिएको छ । कार्यक्रममा करिब २ हजार २ सय जनाले सहभागिता जनाउने अनुमान गरिएको आयोजकको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा सो कार्यक्रम संयोजन भएको बताइएको छ। 

पुजार सार्की टिम पनि पैदल यात्रामा

यसैबीच जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पुजार सार्की टिमले समेत बैशाख २२ गते २२ किलोमिटर २२ सय पैदलयात्रा सहभागिता जनाउने भएको छ ।

चलचित्रका निर्देशक दिनेश राउतले समुदायको विषय समावेश गरिएको चलचित्रको प्रवर्द्धनका लागि समुदायसँगै पैदलयात्रामा सहभागिता जनाउनु पाउनु खुसीको क्षण भएको प्रतिक्रिया दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *