हेटाैंडातर्फ जाँदै गरेको यात्रुबाहक जीप थानकोट-चित्लाङ सडकमा दुर्घटना, थप विवरण आउन बाँकी

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक खण्ड अन्तर्गत पानीघाट नजिकै काठमाडाैंबाट हेटाैंडातर्फ गइरहेको यात्रु बाहक जीप दुर्घटनामा परेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार ना १ ज ६२६१ नम्बरको टाटा सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार बाघभैरव सुमो सेवाबाट सञ्चालित उक्त जीप दुर्घटना हुँदा मानवीय क्षति नभएको प्रारम्भिक विवरण छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *