आजदेखि कक्षा १२ काे परीक्षा, चन्द्रागिरिमा एक परीक्षा केन्द्र

Thankot Times

थानकोट ।

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै  ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए  ।

उनले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थी सहभागी हुने भएका छन् ।

परीक्षाका लागि चन्द्रागिरि नगरक्षेत्रमा १ परीक्षा केन्द्र ताेकिएकाे छ ।

चन्द्रागिरि नगरमा कक्षा १२ को परीक्षाका लागि एकमात्रै परीक्षा केन्द्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *