चन्द्रागिरि नगरका यी स्थानमा तीन दिन विद्युत सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरक्षेत्रका विभिन्न स्थानमा बैशाख १७ देखि २१ सम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्र अन्तर्गत नैकाप देखि बलम्बु क्षेत्रमा बैशाख १७ गते बिहान ११ बजेबाट ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी बैशाख २० गते नैकापदेखी बलम्बु सम्मकै क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ ।

बैशाख २१ गते भने हाइभिजन कोलोनी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।

यी स्थनमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *