देशभरका विपन्न बिरामीको उपचार उपचार निःशुल्क गर्छौँ: काठमाडाैं महानगर प्रमुख बालेन

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपलिकाका प्रमुख बालेन्द्र शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् । 

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका हुन्।

महानगरसँग ५२ अस्पतालका ३७४ बेड रहेको उनले जानकारी दिएका छन्।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’ यस सम्बन्धी सुविधा लिन पैसा नलाग्ने मोबाइल नम्बर ११८० मा सम्पर्क गर्न समेत मेयर शाहले सबैमा अनुरोध गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *