बोसिगाउँमा दिउँसै ११ लाख रूपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँमा सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरी प्रभाग बलम्बुका अनुसार बोसिगाउँ बस्ने हरिसिद्धि खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट नगद तथा धनमाल चोरी भएको हो । 

प्रहरीका अनुसार नगद तथा विभिन्न गहना समेत गरी करिब ११ लाख ७ हजार ५ सय ८० रुपैयाँ बराबरको धनमाल चोरी भएको पीडितको भनाइ छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


One thought on “बोसिगाउँमा दिउँसै ११ लाख रूपैयाँ बराबरको धनमाल चोरी

  1. नगर क्षेत्र भए पनि सुरक्षा कमजोर भयो ।प्रत्यक टोलमा सिसिटिभि राख्नु परो । प्रहरी गस्ति बढाउन जरुरी भयो । चोरहरु पत्ता लगाएर कडा कारबाही होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *