चन्द्रागिरि सम्पदा पदयात्रा जारी, २ हजार २ सय जनाकाे सहभागिता

Thankot Times

थानकोट ।

चन्द्राागिरि हाइकर्स कम्युनिटीले आयाेजना गरेकाे चन्द्रागिरि सम्पदा पदयात्रा सुरु भएको छ।

शनिबार बिहान चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले पदयात्रा कार्यक्रम सुरु गर्नुभएको थियाे ।

पदयात्रामा २ हजार २ सय जना भन्दा धेरैले सहभागिता जनाइरहेकाे चन्द्राागिरि हाइकर्स कम्युनिटीले जनाएको छ ।

पदयात्रामा उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, नगरमा कार्यरत कर्मचारीहरु, विद्यालयका विद्यार्थीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्काउट लगायतको उपस्थिति रहेकाे छ ।

साे टाेलीले चन्द्रागिरि नगरका अधिकांश सम्पदाहरुकाे परिक्रमा गर्नेछ । पदयात्राको दूरी करिब २२ किलोमिटर रहेकाे छ ।
चन्द्रागिरि नगरका सम्पदाहरुकाे सामुहिक अध्ययन, अवलोकनका लागि साे कार्यक्रम आयाेजना गरिएको बताइएको छ ।

चन्द्रागिरि नगरपालिका लगायत विभिन्न संघसंस्थासँगकने सहकार्यमा पदयात्रा आयाेजना गरिएको हाे ।


One thought on “चन्द्रागिरि सम्पदा पदयात्रा जारी, २ हजार २ सय जनाकाे सहभागिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *