चन्द्रागिरि सम्पदा पदयात्रामा २२ सय जनाले सहभागिता जनाए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न सम्पदाहरूको अवलोकनका लागि शनिबार चन्द्रागिरि सम्पदा पदयात्रा आयोजना गरिएको छ ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा चन्द्रागिरि हाइकर्स कम्युनिटीले सो पदयात्रा आयोजना गरेको हो ।

बिहान ६ बजे चन्द्रागिरि नगरपालिकाको कार्यालयबाट सुरु भएको पदयात्रा नगरका विभिन्न क्षेत्रमा रहेका सम्पदाहरूको अवलोकन गर्दै नैकापस्थित फुटबल मैदानमा पुगी सम्पन्न भएको थियो ।

पदयात्रामा २ हजार २ सय जना भन्दा धेरैले सहभागिता जनाएको चन्द्राागिरि हाइकर्स कम्युनिटीले जनाएको छ ।

पदयात्रामा मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, नगरमा कार्यरत कर्मचारीहरु, विद्यालयका विद्यार्थीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्काउट लगायतको उपस्थिति रहेकाे थियो ।

करिब ५ घण्टामा पदयात्रीहरूले निर्धारित करिब २२ किलोमिटर दूरी तय गरेका थिए । 

चन्द्रागिरि नगरका सम्पदाहरुकाे सामुहिक अध्ययन, अवलोकनका लागि साे कार्यक्रम आयाेजना गरिएको बताइएको छ ।

पदयात्रीको स्वागतमा नगरका विभिन्न स्थानमा स्थानीयहरूले स्वागत गर्दै खाजा, पानी खुवाएका थिए । 

विभिन्न संघ संस्थासँगकने सहकार्यमा पदयात्रा आयाेजना भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *