मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

मातातिर्थ औंसी आज देशभर जन्म दिने आमाको श्रद्धाभक्ति पूर्वक मनाइँदै छ ।

आमा परलाेक भइसकेका सन्ततिहरु यस दिन चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा पुगि स्नान गरि आमाकाे श्राद्ध गर्ने गर्दछन् ।

मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज बुधबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

नगर कार्यपालिका बैठकबाट निर्णय भएअनुसार आज बिदा दिइएको नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *