मातातिर्थ औंशी मेलाः गुर्जुधारा-सतुगंल सडक खण्डमा सवारी साधनको चाप

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं ६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा मातातिर्थ औंशीका अवसरमा आज बुधबार भव्य मेला लागिरहेको छ । मेलामा विभिन्न क्षेत्रबाट श्रद्धालुहरू आउनेक्रम जारी रहेको छ ।

मातातिर्थ संरक्षण तथा विकास संस्थाले आज मातातिर्थ क्षेत्रमा करिब ५ लाख भक्तालुहरूको उपस्थिति रहने अपेक्षा लिएको बताइएको छ ।

मातातिर्थ क्षेत्रमा श्रद्धालुहरूको उपस्थिति बाक्लिँदै जाँदा यस क्षेत्रको सवारीसाधन सञ्चालनमा रोक लगाइएको ट्राफिक प्रहरी प्रभाग थानकोटले जनाएको छ ।

मुख्य राजमार्गको गुर्जुधारा-सतुगंल क्षेत्रमा अहिले सवारी साधनको चाप रहेको ट्राफिक प्रभाग थानकोटका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक विनय अर्यालले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

मातातिर्थ कुण्ड क्षेत्र प्रवेश गर्ने प्रमुख सडक दुरञ्चार-किसिपिडी-मातातिर्थ सडकमा सवारी साधनको प्रवेश पूर्णतः निषेध गरिएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *