तोलामा १६ सय रूपैयाँ बढेपछि सुनको मूल्यमा नयाँ कीर्तिमान
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्यले नयाँ बिन्दु छोएको छ ।
आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि वैशाख ७ गते छापावाल सुन एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।
बिहीबार भने हालसम्मकै उच्च मूल्यमा छापावाल सुन कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।
बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।