बागमती प्रदेशमा संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता गरिँदै

Thankot Times

थानकोट ।

बागमती प्रदेश संसदीय समितिको सभापतिको निर्वाचनको लागि आज शुक्रबार मनोनयन दर्ता हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार आज मनोनयन दर्ताको गरिने छ ।

प्रदेशसभाका प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचनका लागि दलहरूले उम्मेदवार सिफारिस गरी मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

सूचनामा उल्लेख भए अनुसार समितिको सभापतिको निर्वाचनका लागि जेठ ३ गते मतदाताको नामावली प्रकाशन, मतदाता नामावली माथि दाबी विरोध तथा मतदाताको अन्तिम नामावली गरेको थियो । निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान १०ः३० बजे निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *