नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्षमा उत्तम बहादुर राउत निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको अध्यक्षमा इन्जिनियर उत्तम बहादुर राउत निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न नगरको दोश्रो अधिवेशनबाट राउत चन्द्रागिरि नगरको अध्यक्षमा निर्वाचित भएका हुन् ।

सो पार्टीको चन्द्रागिरि नगर कमिटिको अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका थिए । जसमा राउतले खसेको कुल १८३ मत मध्ये ११० मत प्राप्त गरेका छन् ।

राजेन्द्र केसीले ५६ मत पाउँदा श्रीराम लामिछानेले ८ र गीता पोखरेलले  ७ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित हुँदा सचिवमा लक्ष्मी थापा सुवेदी निर्वाचित भएको बताइएको छ । सचिव पदका उम्मेदवार लक्ष्मी थापा सुवेदीले १०७ मत पाउँदा श्रीहरी थापाले ७३ मत पाए ।

यसैगरी उपसचिवमा पुर्ण कुमार तन्डुकार र रिना महर्जन निर्वाचित भएको सो पार्टीका नेता लेमन श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *