चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयलाई बजेट खै ?- गोकुल बास्कोटा
थानकोट ।
नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले आउँदो आर्थिक वर्षका लागि चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन नभएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै बास्कोटाले सो विश्वविद्यालयका लागि सुक्का, ७ आनापनि बजेट नभएको भन्दै त्यसका लागि बजेट व्यवस्था गर्न उनले आग्रह गरे ।
यस्तै राजस्व परिचालनबाट बजेट धान्न नसक्ने भएकोले आन्तरिक भन्दापनि बाह्य ऋणबाट चलाउनका लागि आग्रह गर्दै उनले बजेटले लक्ष्य अनुसार काम गर्न चुनौती रहेको बताए ।










