नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचन आज

Thankot Times

थानकोट ।

महाधिवेशन सकिएको झन्डै दुई महिनापछि एकीकृत समाजवादीले पदाधिकारी छान्न चुनाव गर्दैछ।

आइतबारबाट काठमाडौंमा सुरू भएको पार्टीको प्रथम पूर्ण बैठक बैठकले पदाधिकारी छान्न लागेको हो।

त्यसका लागि आज (मंगलबार) चुनाव हुँदैछ।

सोमबार निकालिएको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण हुनेछ।

बिहान साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने कार्यसूची छ।

साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशाैं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरेको छ।

२१ पदाधिकारी रहने व्यवस्था भएकामा अब १८ पदका लागि चुनाव गर्नुपर्नेछ।

वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो।

एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *