नेकपा एस चन्द्रागिरि नगर कमिटि अध्यक्षसहितका नेताले त्यागे पार्टी

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरेका छन् । केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको निर्वाचन भइरहेका बेला काठमाडौँका प्रभावशाली अन्य नेताहरुले समेत पार्टीबाट राजीनामा दिएका छन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौँ क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष रोहित महर्जन, सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन् ।

त्यस्तै नेकपा एस परित्याग गर्नेमा बुढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव बिमल लामा, जिल्ला सचिवालय सदस्य अशोक थापा, युवा संघ बुढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दिपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापालगायत छन् ।

नेकपा एस परित्याग गर्नेमा काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरि नगर अध्यक्ष प्रदिप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० ख को प्रदेश संयोजक तथा जिल्ला सदस्य राजाराम कार्की रहेको प्रशासनमा खबर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *