नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा को-को निर्वाचित भए ?
थानकोट ।
नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मतगणना सकिएको छ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन्। खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन्।
आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन्। खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दसौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए। बाँकी पदाधिकारी चयन हुन बाँकी थियो।
पहिलो पूर्ण बैठकले चुनावमार्फत् पदाधिकारीको टुंगो लगाएको हो। त्यस्तै एकीकृत समाजवादीले पोलिट ब्यूरो सदस्यको चयनका लागि पनि मतदान भएको छ जसको परिणाम सार्वजनिक हुन बाँकी छ ।










